• Tel: (977) 4226037 / 4225300
  • infossnnepal@gmail.com
  • NMA Building, Siddhi Sadan, Exhibition Road, Kathmandu
२०८३ बैशाख २९, मङ्लबार
नेपाल शल्य चिकित्सक समाज, नेपाल
Society of Surgeons of Nepal (SSN)
Visit Nepal 2020
  • Home
    • About us
    • MESSAGE FROM PRESIDENT
    • MESSAGE - GENERAL SECRETARY
    • EXECUTIVE COMMITTEE 24–25
    • PAST EXECUTIVE COMMITTEES
    • SSN PROVINCIAL CHAPTERS
    • ASIQUE HUSSAIN ANSARI AWARD
    • ARCHIVES
    • PHOTO GALLERY
    • CONTACT US
  • Member Services
    • ELIGIBILITY
    • MEMBERS LIST
    • MEMBERSHIP FORM
  • Clinical Meeting
    • Monthly Clinical Meeting Schedule 2081-2082 BS
  • CONFERENCE
    • XIII NATIONAL CONFERENCE
      • XIV National Conference
    • INTERNATIONAL CONFERENCE
      • XV ICSSN 2023
      • PROGRAM
      • XIII TH ICSSN
    • XVIth SSN CONFERENCE
  • ACADEMICS
    • PATIENT INFORMATION
    • PUBLICATIONS
    • GRANTS AND SCHOLARSHIPS
    • RESEARCH AND TRAINING
    • E-LIBRARY
    • PROTECTED: EBOOKS
    • RESIDENT PORTAL
    • SSN LIVE
    • SSN WEBINAR SERIES
  • 2025 Conference Registration
  • JSSN
    • ABOUT THE JOURNAL
    • SUBMISSION GUIDELINES
  • Election 2026

PATIENT INFORMATION

Differentiating complications from negligence!

Screenshot_20170906-125255नयाँ पत्रिका, काठमाडौं

अस्पतालको लापरबाही
प्रा.डा. प्रेमराज ज्ञवाली

 

16082016055716Prof-Dr-Prem-Raj-Gyawali-1000x0

(ज्ञवाली त्रिवि शिक्षण अस्पताल महाराजगन्जका युरोलोजी तथा मिर्गाैला प्रत्यारोपण सर्जरी विभागका प्रमुख हुन्)

 

 

जबसम्म हाम्रो समाजले भुल, लापरबाही, जटिलता अनि प्राविधिक असफलताबारे बुझ्दैन र यिनीहरूबीचको फरक थाहा पाउँदैन, अस्पतालले बिरामी मार्‍यो, डाक्टरले लापरबाही गर्‍यो भन्नेजस्ता समाचार सदैव आइ नै रहनेछन् । यस्तो अवस्थामा बिरामी उपचार गर्न अस्पताल जान पनि डराउँछन् र जटिल बिरामीको उपचार गर्न चिकित्सक पनि हिच्किचाउँछन् । अन्तमा यसको नराम्रो असर बिरामीमै पर्ने गर्छ ।

कुकले खाना पकाउने क्रममा तरकारीमा नुन बिर्सियो, क्यासियरले सयवटा नोट गन्दा उनान्सय मात्र भेट्टायो, नर्सले साँझको ९ बजे दिनुपर्ने औषधि ८ बजे नै दिइन्, चिकित्सकले बिहान ९ बजे गर्नुपर्ने बिरामीको अवलोकन १० बजे मात्रै गरे भने यसलाई भुल भनिन्छ । तर, बिरामीको शरीरमा असर भने पर्दैन ।

बढेको प्रोस्टेट ग्रन्थीको उपचारमा दिइने औषधिले रिंगटा लाग्न सक्छ, त्यो जटिलता हो, टिबीको औषधिले कलेजोमा असर पार्न सक्छ, त्यो औषधिको नकारात्मक असर हो । अप्रेसन गर्दा रक्तस्राव हुनु, घाउ पाक्नु आदि जटिलता हुन्, छातीमा निमोनिया देखिनु अप्रेसनका जटिलता हुन् । यस्ता जटिलता बिस्तारै निको भएर जान पनि सक्छ, निको नभएर बढ्दै जाँदा बिरामीको ज्यान पनि जान सक्छ । यो उपचारको भुल होइन अनि लापरबाही पनि होइन । यो शल्यक्रियाको जटिलता मात्र हो ।

बढेको प्रोस्टेट ग्रन्थीको उपचारमा दिइने औषधिले रिंगटा लाग्न सक्छ, त्यो जटिलता हो, टिबीको औषधिले कलेजोमा असर पार्न सक्छ, त्यो औषधिको नकारात्मक असर हो । अप्रेसन गर्दा रक्तस्राव हुनु, घाउ पाक्नु आदि जटिलता हुन्, छातीमा निमोनिया देखिनु अप्रेसनका जटिलता हुन् । यस्ता जटिलता बिस्तारै निको भएर जान पनि सक्छ, निको नभएर बढ्दै जाँदा बिरामीको ज्यान पनि जान सक्छ । यो उपचारको भुल होइन अनि लापरबाही पनि होइन । यो शल्यक्रियाको जटिलता मात्र हो ।

प्राविधिक असफलता
व्यक्तिले प्रयोग गर्ने उपकरणको प्रयोग गर्दा खोजेको नतिजा प्राप्त गर्न नसक्नु, जस्तै– कुकले ५ जनालाई पकाउने तरकारीमा सधैँजसो हाल्ने नुनको मात्रा हाल्दा पनि लागेन, क्यासियरले सयवटा नोट मेसिनमा गन्दा जहिले पनि मेसिनले फरक देखाउँछ, ज्वरो आएको बिरामीलाई नर्सले सिटामोल र पानीपट्टी दिँदा पनि ज्वरो कम नहुनु, चिकित्सकले मिर्गाैलाको पत्थर निकाल्न खोज्दा पत्थर नै नभेटिनु आदि प्राविधिक असफलता हुन् । यस्ता घटनाले बिरामीको शरीरमा अन्य नकारात्मक असर पार्दैन, तर प्राविधिक असफलतालाई जबर्जस्ती प्रयोग गर्दा बिरामीको शरीरमा हानि पुग्यो भने लापरबाही हुन्छ । जस्तै– तरकारीमा नुन पुगेन भनेर कुकले त्यसको पानी सुकाइदियो, अन्त्यमा तरकारी खानै नसकिने गरी चर्को भयो, ज्वरो झरेन भनेर नर्सले एनएसएआइडी इन्जेक्सन लगाइदिइन तर त्यो सुईले बिरामीको मिर्गाैलाले काम नगर्ने भयो, पत्थर भेट्टिएन भनेर चिकित्सकले मिर्गाैला छेड्दै खोज्न लाग्यो र पछि त्यही कारणले रक्तस्राव भएर मिर्गाैला नै झिक्न प¥यो भने त्यसलाई लापरबाही भनिन्छ ।
कुनै पनि बिरामीको उपचार गर्दा अथवा उसको शल्यक्रिया गर्दा के–कस्ता जटिलता आउन सक्छन्, औषधिको नकारात्मक असर के–कस्ता हुन सक्छन् भन्ने कुरा चिकित्सकले पनि बिरामीलाई राम्ररी बुझाउनुपर्छ । बिरामीले पनि चिकित्सकसँग यसबारे मनग्गे सोध्नुपर्छ । यसलाई सुसूचित मञ्जुरीनामा भनिन्छ । आजकालको समयमा सुसूचित मञ्जुरीनामा भिडियो रेकर्डिङ गरेर राख्नु पनि राम्रो हुन्छ । यस समयमा चिकित्सकले बिरामीलाई बताउने तथ्यांक अन्तर्राष्ट्रिय अनुसन्धानको आधारमा प्राप्त तथ्यांक हो । उदाहरणस्वरूप प्रोस्टेट ग्रन्थीको शल्यक्रिया गर्दा १५ बिरामीमा हृदयाघात हुन सक्छ । यो साह्रै नै न्यून संख्या हो, तर तपाईंको बिरामीलाई यो समस्या १०५ प्रतिशत हुन पुग्छ । यो भुल पनि होइन, लापरबाही पनि होइन, यो त केवल शल्यक्रियाको जटिलता मात्र हो ।
शल्यक्रिया गर्दा हुन सक्ने जटिलतालाई तीन भागमा बाँडिएको हुन्छ । तत्कालमै हुने जटिलता भनेको अप्रेसन गर्दागर्दै हुने जटिलता हो । जसमा रक्तस्राव हुने, अप्रेसन गर्ने अंगका वरिपरि रहेका अन्य अंगमा चोटपटक लाग्ने, अप्रेसन गर्नुभन्दा अगाडि गरिएका अनुसन्धानमा नभेट्टिएको रोग अप्रेसनका वेला फेला पर्नु, बेहोस गराउँदा प्रयोग गरिने औषधिले मस्तिष्क, मुटु, कलेजो र मिर्गाैलामा पार्न सक्ने नकारात्मक असर हुन् । जसले गर्दा बिरामीलाई धेरै लामो समयसम्म उपचार गराउनुपर्ने र बिरामीको ज्यानसमेत जान सक्ने हुन्छ । अप्रेसनपछि छोटो समयभित्रै हुन सक्ने जटिलता भनेको घाउको संक्रमण हुनु, अप्रेसनका वेला नभएको रक्तस्राव पछि हुनु, लामो समयसम्म दिसापिसाब रोकिनु आदि हुन् । अप्रेसनको लामो समयपछि पनि कुनै–कुनै जटिलता देखिन सक्छ । जस्तै कि अप्रेसन गर्दा बनेको घाउमा नराम्रो खाटा अथवा दाग बन्नु, रोग बल्झिएर आउनु, अप्रेसन गरिएका अंगका नली पाइप बन्द हुन सक्छन् । यस्तो अवस्था दुवैले बुझ्नुपर्छ ।

बिरामीलाई गरिने उपचार अनुसन्धानबाट प्राप्त तथ्यांक, प्राविधिक उपकरण प्रयोग र त्यसैबाट सिकेको नर्सिङ र चिकित्सकीय दक्षतामा भर पर्ने गर्छ । यसैलाई अवलम्बन गरी विभिन्न राष्ट्रले तयार पारेका मापदण्डका आधारमा मात्र गरिन्छ । ग्यारेन्टी भनेको शतप्रतिशत सफलता हो र कुनै पनि रोगको उपचार गर्दा शतप्रतिशत सफलता मिल्न सक्दैन ।

अन्त्यमा कुनै पनि बिरामीले आफ्नो उपचारका क्रममा लापरबाही भएको महसुस गरेको छ भने न्यायिक प्रणालीबाट त्यसको क्षतिपूर्ति र समाधान खोज्नुपर्छ । र, अस्पतालले पनि आफूले सही उपचार गर्दागर्दै बिरामीलाई राम्रो भएन र उसको मृत्यु नै भयो भने कानुनी प्रक्रियाबाट अगाडि बढ्नुपर्छ । सहमति गर्ने, क्षतिपूर्ति तिर्नेजस्ता गैरकानुनी क्रियाकलाप गर्नु हुँदैन ।

 

News

  • The psychological traps of gambling
    बैशाख २९, २०८३
  • MONTHLY MEETING 2026
    बैशाख २९, २०८३

Publications

  • Are you yet to become a member of the society? JOIN NOW.
    June 17, 2025
  • SSN Facebook
    December 21, 2022
  • SSN Youtube
    December 21, 2022
  • Souvenir – First International Conference SSN 1994
    March 02, 2022
  • एक सर्जनको गाथा
    April 26, 2020

Quick Links

  • FACEBOOK Society of Surgeons of Nepal
  • You tube Society of Surgeons of Nepal
  • Journal of Society of Surgeons of Nepal

About Us

Society of Surgeons of Nepal (SSN) is an official, professional and non-profitable organization of surgeons of Nepal.

View on map

Quick Links

  • FACEBOOK Society of Surgeons of Nepal
  • You tube Society of Surgeons of Nepal
  • Journal of Society of Surgeons of Nepal

Latest News

  • The psychological traps of gambling
  • MONTHLY MEETING 2026

contact Us

NMA Building, Siddhi Sadan, Exhibition Road, Kathmandu, Nepal

+ 977-1-4226037

+ 4225300

info@ssn.com.np

Copyright © Society of Surgeons of Nepal (SSN). All Right Reserved.

×